सूर्यको शक्ति जागृत गर्न गरौं सूर्य नमस्कार ।

योगमा सूर्य नमस्कार भन्नाले १२ वटा उप-आसन् हरूको सामूहिक नाम हो । यो अभ्यास बच्चा, युवा तथा वृद्ध सबैले गर्न सकिने अभ्यास हो ।
ऋग्वेद भन्दछ सूर्य नै संसारको आत्मा हो, सूर्य नै एकमात्र देखिने भगवान हुन त्यसैले स्वास्थ्य र लामो आयु पाउन हामीले सूर्यको पुजा गर्नुपर्दछ ।
सूर्य नमस्कारका मन्त्रहरु:
१) ॐ मित्राय नमः ( मित्रलाई प्रणाम ) Om Maitreya namaha (The friend of all)
२) ॐ रवये नमः ( प्रकाशवानलाई प्रणाम ) Om Ravaye namaha (The Shining One, Praised by all)
३) ॐ सूर्याय नमः ( क्रिया प्रेरकलाई प्रणाम ) Om Suryaya namaha (The eternal guide of all)
४) ॐ भानवे नमः ( प्रदीप्तलाई प्रणाम ) Om Bhanave namaha (The bestower of brightness and beauty)
५) ॐ खगाय नमः ( आकाशगामीलाई प्रणाम ) Om Khagaya namaha (Who moves through the Sky, Stimulator of the senses)
६) ॐ पूष्णे नमः ( पोषक दिनेलाई प्रणाम ) Om Pushne namaha (One who nourishes and fulfills)
७) ॐ हिरण्यगर्भाय नमः ( स्वर्णिम् विश्वात्मालाई प्रणाम ) Om Hiranyagarbhaya namaha (The creator)
८) ॐ मरीचये नमः ( सूर्य रश्मिलाई प्रणाम ) Om Marichaye namaha (Light Giver and Destroyer of disease)
९) ॐ आदित्याय नमः ( अदिति-सुतलाई प्रणाम) Om Adityaya namaha (Son of Divine Mother-Aditi, The inspirer)
१०) ॐ सवित्रे नमः ( सूर्य को शक्तिलाई प्रणाम ) Om Savitre namaha (One who gives life, The purifier)
११) ॐ अर्काय नमः ( प्रशंसनीय उर्जालाई प्रणाम ) Om Arkaya namaha (The radiant one)
१२)ॐ भास्कराय नमः ( आत्मज्ञान- उर्जालाई प्रणाम ) Om Bhaskaraya namaha (One who gives wisdom, The illuminator)
सूर्य देवलाई अहोभाव प्रकट गर्दै मन्त्रको उच्चारण गरि गरिने यस अभ्यासले हामीलाई अनगिन्ती फाइदाहरु दिन्छ ।
१) हाम्रो आयु , प्रज्ञा, बल,वीर्य बढ्छ ।
२) हामी भित्रसूर्यको शक्ति जाग्दछ ।
३) हाम्रो पित्त बढ्छ ।
४) शरीरको अङ्ग-अङ्गमा रक्तसञ्चार बढाइदिन्छ ।
५) पाचन राम्रो हुन्छ ।
६) स्वासप्रस्वास राम्रो हुन्छ ।
७) मोटोपन भगाई दिन्छ ।
८) शरीरभित्रको नकारात्मक तत्व बाहिर निस्कन्छ ।
९) सम्पूर्ण शरीरको राम्रो व्यायाम हुन्छ ।
१०) हामीभित्रको ७ वटा चक्रलाई जगाउन मद्दत गर्दछ ।
साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! नमस्कार !!

Пікірлер: 4

  • @user-xy9rh4kx5s
    @user-xy9rh4kx5sАй бұрын

    🙏🙏

  • @Anandprakashyogi

    @Anandprakashyogi

    Ай бұрын

    🙏🌺🙏

  • @GS-zl2kd
    @GS-zl2kd3 ай бұрын

    Thank you guru dev for sharing keep it up 🙏🙏😇🇬🇧🇬🇧

  • @Anandprakashyogi

    @Anandprakashyogi

    3 ай бұрын

    🙏🕉🙏

Келесі