What is the current state of the Nepalese economy? A thought-provoking analysis by Yuvraj Sangraula

नेपाली अर्थतन्त्रको वर्तमान हालत कस्तो छ ? अर्थराजनीति जानकार, पूर्व महान्यायाधिवक्ता एव‌ वरिष्ठ अधिवक्ता प्राडा युवराज संग्रौलाको विचारोत्तेजक विश्लेषण
-नेपाल जोगाउन तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ
-अब चाँडै भारतले नेपालमा चामल पठाउन नसक्ने जानकारी गरायो भने नेपाल मर्ने अवस्था छ।
-एकै व्यक्ति बैंक-वित्तीय संस्थाको मालिक, बीमा कम्पनीको सञ्चालक र उद्योगी/व्यापारीको रूपमा रहेको हालको अवस्था बदल्नु पर्छ ।
-नेपालको कानुनले कुनै नेपाली नागरिकलाई नेपालबाट विदेशमा पैसा लगानी गर्ने अनुमति नै दिएको छैन भने कसरी हाम्रा देशका ठूला व्यापारीको विश्वभर अनेकौं व्यापारको सञ्जाल निर्माण भयो ?
-खाने अन्न प्रयाप्त मात्रामा फलाउने गरी कामको सुरुवात सरकारले गरोस् भन्ने आम चाहना हो । तर, फेरि पनि सरकारले कालोबजारी र नाफाखोरीलाई नै प्रश्रय दिइरहेको अवस्थामा यस्तो कल्पना वा आह्वान गर्नु भनेको ‘जंगलका बाँदरलाई मेरो बारीमा फलेका फलफूल नखाइदिनुस् है’ भनेर भन्नु जस्तै हो ।
-नेपाललाई मार्न यहाँको अर्थतन्त्रलाई धराशायी बनाउने जे-जस्तो काम भैरहेको छ त्यो नै नेपालमाथि भैरहेको भू-राजनीति (जियो-पोलिटिक्स) हो ।
-भारत र चीनसँग तीव्र र प्रभावकारी लबिङ गरेर त्रिपक्षीय साझेदारी र सहकार्यको विकास गर्न सक्नुपर्छ ।
-शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा जस्ता कुरामा राज्यको दायित्व हुनुपर्छ । आधारभूत उद्योगहरू सार्वजनिक संस्थानको रुपमा राज्यले नै सञ्चालन गर्नुपर्छ र निजी अर्थतन्त्रले सार्वजनिकसँग मिलेर काम गर्छ ।
-पैसा बाहिर जाने कुरामा समेत ठूलो मात्रामा कमिसन छ । जुन कमिसनका हिस्सेदार हाम्रा राजनीतिक दलका नेताहरू समेत हुन् । कर्मचारीतन्त्रले त्यसबाट लाभ लिइरहेको छ । जानाजानी यो भइरहेको छ ।

Пікірлер: 1

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc5 күн бұрын

    अब हुन्छ ,देश धनवान सेना बलवन नेपाल मा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Келесі