No video

यतिखेर विश्व र हाम्रो भविष्य पनि संकटमा छ: खगेन्द्र सङ्ग्रौला

यतिखेर सिद्धान्त संकटमा छ, आस्थाहरु संकटमा छन्, उज्यालो संकटमा छ, हाम्रो भविष्य पनि संकटमा छ ।
‘हामी अहिले संकटमा छौं, विश्व नै संकटमा छ । आजको विश्व दक्षिणपन्थी नश्लवादमा छ । त्यसको प्रतिनिधित्व अमेरिकामा ट्रम्प, रुसमा पुटिन, ब्राजिलमा बोलसेनारो भन्ने कोही थियो र भारतमा मोदी छन् र हाम्रोमा ओली । अब त पुष्पकमलहरु नै पनि गेरु बस्त्र लगाएर ५१ हजार दान गर्दै कता कता हिँडिरहेका छन् । त्यसैले समग्र विश्व नै चिन्तनमा दक्षिणपन्थी भएको छ ।
पेन्सन सरकारले आफ्नो सेवकलाई मात्र दिँदैन । नागरिकले नागरिकलाई पनि पेन्सन दिन्छ ।
परम्पराले स्थापित गरेका नियमहरुलाई बुढो गोरु मियोको वरिपरि घुमिरहेजस्तो गरिकन आँखा चिम्लेजस्तो गरी जसले मानेन, तिनले परम्परा, धर्म, ईश्व र बादशाहामाथि प्रश्न गरे । सनातनी समाजमा तिनीहरु एक्लो देखिए । म पनि त्यही किसिमको एक्लो, किनारमा उभिएको मुर्ख हो ।
नेपालका राजनीतिक पार्टीहरु , एककोणबाट हेर्दा धार्मिक सम्प्रदाय जस्तो लाग्छ । प्रत्येक गुटले आफूलाई एदेखि जेडसम्म ठीक ठान्छ, बाँकी जम्मैलाई एदेखि जेडसम्मै बेठीक ठान्छ । यस्तो त धर्ममा मात्रै हुन्छ, राजनीतिमा हुँदैन ।

Пікірлер

    Келесі