सिके लाल: अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र

द्विअर्थी शब्दहरुको अर्थले हाम्रो समाजलाई गाँजेको छ । राजनीतिको व्याकरण भनेको संविधान हो । संविधान नै द्विअर्थी शब्दहरुको संगालो भएको छ । धर्मनिरेक्षताको व्याख्या त्यसको उदाहरण हो ।
हाम्रो मन डरले गाँजेको छ । राजा रहेन भने देश नै रहँदैन । संघीयता आयो भने देश नै टुक्रन्छ ।
शिक्षाभन्दा संस्कार बलियो हुँदो रहेछ । चन्द्रमामा रकेट पठाउँछ तर नरिवल फोड्छ । जतिसुकै पढेलेखे भएको भए पनि जातीय विभेद गर्छ, छुवाछुत गर्छ ।
राजनीतिले जोखिम उठाउनुपर्ने हुन्छ । त्यो जोखिम उठायो भने परिवर्तन आउँछ । त्यो जोखिम उठाउन हाम्रा नेताहरु अनिच्छुक छन् ।
देश चलाउन जिम्मा लिएका ठूला भनिएका नेताहरुले ‘हाम्रो बाध्यता बुझिदिनोस् न’ भन्छ भने जोखिम कसले लिने ?
राजनीतिक दलहरु दुई चार जना नेताहरुको प्राइभेट कम्पनी जस्तो भयो ।
नेपाल अध्ययन केन्द्रले संघीय राजधानी काठमाडौंमा माघ २३ गते आयोजना गरेको 'अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रिय गोष्ठी'मा व्यक्त मन्तव्य ।

Пікірлер

    Келесі