No video

न्यायपालिकाको पुनसंरचना गरिनु किन जरुरी छ?

कमजोर न्यायिक व्यवसायिकता र विवादास्पद न्यायाधीश नियुक्ति प्रक्रिया
न्यायपालिकामा न्यायाधीशहरुको भर्तीको तरिका बदल्नु पर्छ !
न्यायपालिकामा भर्ती भएर आएका न्यायाधीश स्वच्छ र निष्पक्ष मानिस आएको छैन भनेर मानिसको दिमागमा ग्रन्थीको रुपमा बसेको छ । यसलाई सुधार्नुपर्छ ।
अदालतमा राजनीति हुन्छ । सबै पार्टीसँग आबद्ध चारपाँच जना ठूला वकीलहरु जान्छन् र घण्टौं घण्टा बहस गर्छन् । न्यायाधीशलाई धम्काउँछन्, फुस्ल्याउँछन्, ‘मर्सी प्ले’ गर्छन् - सबै कुरा गर्छन् ।
अर्को कुरा, अदालतले मानिसका मुद्दाका बारेमा फैसला लेख्दा फैसला गर्नुका बारेमा यथोचित कारणहरु खुलाउनु जरुरी हुन्छ । हाम्रा फैसलाहरु हेरियो भने जित्नेले जित्यो, हार्नेले हार्यो भनिएको हुन्छ ,कुनै कारणहरु भेटिदैनन् ।
अदालतमा न्यायिक व्यवसायिकता कमजोर छ । न्यायाधीश नियुक्तिको प्रक्रिया एकदमै विवादास्पद छ । अदालतमा खास किसिमका वकीलहरुको कार्टेल छ ।
कानून व्यवसायीको हस्तक्षेप, अदालतको व्यवसायिकताको कमी, म न्याय गर्न आएको हुँ भन्ने न्यायाधीशको निर्भिकताको ठाउँमा जागिर खाने प्रवृत्ति यतिखेरको समस्या हो ।
समग्र ढाँचाको परिवर्तनभित्रै न्यायालयको परिवर्तन पनि हेरिनुपर्छ ।
भारतको सर्वोच्च अदालतमा सोझै न्यायाधीशको नियुक्ति विरलै हुने गर्छ । नेपालमा सोझै सर्वोच्चमा नियुक्त गरिने गरिन्छ ।
कस्तो स्थिति आइसकेको छ भने शायद अहिलेको बहालवाला प्रधान न्यायाधीश अवकाश भएपछि कैयौं वर्षसम्म अदालतभित्रको तल जिल्ला अदालतबाट विकास भएर उच्च अदालत हुँदै सर्वोच्चमा पुगेका मानिस प्रधान न्यायाधीश हुन पाउने छैन ।
उच्च अदालतमा खाली भएका पदहरुमा पनि राजनीतिबाट प्रभावित भएका मानिसहरु नै आउनेछन् किनभने त्यहाँ पार्टीपिच्छेकै वकीलहरुका संगठन छन् र त्यो संगठनले सिफारिश गर्छ ।
अब गर्ने भनेको न्यायपालिकाको पुनसंरचना नै हो । सातवटा प्रदेशमा सर्वोच्चको मुकाम लानुपर्छ ।
Sound Effect used in the intro logo by LiteSaturation from Pixabay

Пікірлер

    Келесі