लिम्बु महासभाले गर्यो कृती विद्यार्थी अभिनन्दन कार्यक्रम

आइतबार तामुलपुर जिल्लान्तर्गत 2नं कालिपुर प्राथमिक विद्यालयमा अविभक्त बाक्सा जिल्ला लिम्बु महासभाको नेतृत्वमा कृती विद्यार्थी अभिनन्दन कार्यक्रम तथा शैक्षिक जागरूकता सभा सम्पन्न Iअसम लिम्बु महासभा बाक्सा जिल्लाको उद्योग तथा सम्पूर्ण शाखा समितिको सहयोगमा सम्पन्न भएको सो कार्यक्रममा हालै घोषित वर्ष २०२४ को उच्च माध्यमिक शिक्षान्त परीक्षा र उच्चतर माध्यमिक फाइनल परीक्षाको नतिजामा सफलतापूर्वक प्रथम विभागमा उतीर्ण हुने समग्र पूर्व कुमारीकटा अञ्चलका कुल 48 जना गोर्खा कृती विद्यार्थीहरूलाई खदा, रूखको बिरुवा र अभिनन्दन पत्र सहित अभिनन्दन गर्‍यो बाक्सा जिल्ला लिम्बु महासभा समितिले। अविभक्त बाक्सा जिल्ला लिम्बु महासभा समितिका सभापति भक्त सुब्बाको सभापतित्व तथा मूल सचिव गणेश योङहाङको सञ्चालनामा सम्पन्न भएको अभिनन्दन कार्यक्रमसँग मेल राख्दै शैक्षिक जागरूकता सभा पनि आयोजना गरिएको थियो भने उक्त सभामा स्रोत वक्ताको रूपमा लिटिल स्टार ईंलिस स्कुलका डाइरेक्टर अरूनदेवान, अध्यापीका बुद्धमाया लिम्बु र गोर्खा जातीय सचेतक युवा तथा समाजसेवी रत्न नेवार उपस्थित भएका थिए।पुर्व कुमारीकटा लक्ष्मीप्रसाद देवकोटा साहित्य संस्कृति संघको सौजन्यमा स्थानीय कलाकारहरूको चेबरुङ नृत्य र रवीन्द्र सुब्बा लोक गीतले रोचक बनाएको कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ,पुर्व कुमारीकाटा शाखाका सभापति नरेश भट्टराई, असम गोर्खा सम्मेलन,पुर्व कुमारीकाटा शाखा समितिका सभापति याम खुलाल,पुर्व कुमारीकाटा देवकोटा साहित्य संस्कृति संघका मुल सचिव देवराज सुब्बा,सांस्कृतिक कर्मी लक्ष्मी भट्टराई,अवकाशप्राप्त शिक्षक लिला नाथ पाठक,समाज सेवक खड्ग बहादुर लिम्बु,चन्द्र बाहादुर लिम्बु,पुर्व कुमारीकाटा भि,सि,डी,सिका चेयरमेन हरी विश्वास,साथै लिम्बु महासभा बाक्सा जिल्लाका सम्पूर्ण कार्यकर्ता,गोर्खा नारी समितिहरूको नेतृत्व लगायत पूर्व कुमारीकाटा अञ्चलका धेरैजना शिक्षक, बुद्धिजीवी र विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।
Subscribe Us : PPN DIGITAL
Join us in our whatsapp channel:
Follow Us On :
KZread: / @ppndigital
Fecebook: profile.php?...
Instagram: / plus_point_network_
X (Twitter) :
Our contact: Gmail- Gmail : pluspointnetwork360@gmail.com

Пікірлер

    Келесі