No video

GAJAL BY डी के यात्री

नेपाली साहित्यका विभिन्न विधाहरूको अडियो सुन्नका लागि हामीसँग जोडिनुहोला .....
गजल
झिसमिसेमा चरा कराउँदैनन् नमजा लाग्छ ।
मेरो बाटो गरेर बैरी आउँदैनन् नमजा लाग्छ ॥
बन्दूक पड्केको दिन सातो मेरो पनि गयो ।
आँगनमा बच्चाहरू रमाउँदैनन् नमजा लाग्छ ॥
तिमीले केही गर्‍यौ र फूर्ति गर्‍यौ जायज छ ।
तिमीझैँ कोही समय कटाउँदैनन् नमजा लाग्छ ॥
कसरी हो आमाको पोल्टो कैल्यै खाली भएन ।
मेरो गोजीमा केही अटाउँदैनन् नमजा लाग्छ ॥
काँधमा बाले हदै बोक्नुभो जिम्मेवारीको बोझ ।
अचेल मेरा आँखा निदाउँदैनन् नमजा लाग्छ ॥
तरुण तपसी सुन्नका लागि-
• तरुण तपसी EP 5

Пікірлер: 3

  • @prabhakarghimire1795
    @prabhakarghimire1795Ай бұрын

  • @kashiviswanath5081
    @kashiviswanath5081Ай бұрын

    Waahdaju😍

  • @s.r.duwadi7715
    @s.r.duwadi7715Ай бұрын

    वाह वाह

Келесі