No video

Baburam Bhattarai against Nisedh

लोकतन्त्र कहिले पनि पूरा हुँदैन । त्यो जनताको सहभागितामा अझ उन्नत बनाउँदै जाने हो ।
विश्वमा सबैभन्दा पहिले पूर्ण क्रान्ति भएको फ्रान्सेली क्रान्ति हो । त्यो फ्रान्समा अहिले पनि किसानहरु आन्दोलन गरिरहेका छन् । राजालाई काटेर गणतन्त्र ल्याएको२५० वर्षपछि पनि फ्रान्समा लोकतन्त्र पूरा छैन । किसान, मजदूर, महिला लगायतका मागहरु पूरा भएका छैनन्।
के म बहुलाएर हो ? किन प्रधानमन्त्री हुँदा महोत्तरीको मुसहरको घरमा गएर मुसाको अचार खाएको छ, कहिले मुक्त कमैयाकोमा, कहिले कर्णालीको दलितको घरमा त कहिले चितवनको चेपाङको घरमा गएर बास बसेको छ । कहिले मुश्लिमको घरमा गएर बसेको छ । के मैले नाटक गर्न हो ?
सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ, अन्धो तुल्याउँछ । त्यसैले सत्ताको विरुद्धमा निरन्तर संघर्ष गरिबस्नुपर्छ ।
कार्यकारी सांसदको अधिनमा र सांसद जनताको निगरानीमा हुनुपर्छ । लोकतन्त्रको जग भनेको जनता हो । सडक भनेको पनि जनता हो । निरन्तर आवाज उठाउनुहोस् । म आजीवन तपाईंहरुको साथमा हुन्छु ।
मिटर व्याजीको तमुसकमा पहिल्यै गल्ती, जालझेल गरिसकेको छ । अदालतले त्यो तमसुकको आधारमा फैसला गर्ने हो । १ लाख ऋण लिएकोलाई १० लाखको बनाइएको तमसुकलाई नच्यातेसम्म हुन्न ।
कानूनको नौ सिङ हुन्छ भनिन्छ । उसले आफ्नो स्वार्थअनुसारको व्याख्या गर्ने हो ।
अहिले देखिएका समस्याहरुको हल भनेको जनता जाग्नु नै हो ।

Пікірлер

    Келесі