डावाडोल अर्थतन्त्र: समाधानको उपाय के ? अर्थराजनीतिका जानकारअरुणकुमार सुवेदीका विचारहरु

लोकप्रियतावादले देशलाई नै दिशाविहीन बनाइदिएको छ !
गिरिजाप्रसाद कोइरालाले नीतिगत परिवर्तनको जोखिम उठाएकै कारण आजसम्म आर्थिक रुपमा हाम्रो राज्य बाँचेको हो !
शिरिमाओ भण्डारानायकेहरुले वितरणमुखी अर्थतन्त्रको अभ्यास गर्दा सन् ७० को दशकको मध्यतिर आइपुग्दा श्रीलङ्काको अर्थतन्त्र क्रयास भयो ।
सन् १९७६ सम्म आइपुग्दा कम्युनिस्ट चाइनामा देङ सियाओ पिङले सामाजिक मोडलबाट आर्थिक विकास गर्न सकिँदैन बत्ती देब्रेतिरको बालेपनि गन्तव्य दाहिनेतिरकै तय गर्नुपर्छ भन्ने मान्यता साथ अघि बढे ।
नेपाली कांग्रेस डिप्रेसन सिन्ड्रोममा नगएको भए त्यो पार्टीले गिरिजाप्रसादले अघि बढाएको उदारवादी अर्थनीतिको दह्रोसँग रक्षा गर्थ्यो र त्यसलाई निरन्तरता दिन्थ्यो । तर, कांग्रेसले त्यसो नगर्दा आज नेपालको अर्थतन्त्र नै संकटमा परेको छ ।
विडम्बना नै भन्नु पर्छ नेपालमा पावर ट्रेड गर्न भनेर कम्पनी दर्ता गरेर बसेको पाँच वर्ष हुँदा पनि निजी क्षेत्रलाई त्यस्तो अधिकार दिइएको छैन ।
हामी मध्ये धेरैको मानसिकता पूर्ण रुपमा समाजवादी र कम्युनिस्टले नियन्त्रण गरिसके।यदि देशलाई आर्थिकरुपमा अगाडी बढाउने हो भने हामीले त्यसको विपरीत काम गर्नु पर्छ ।
हाम्रो मुद्राको मूल्य बढ्न सकेन भने हामीलाई मूल्यवृद्धिको प्रेसर पर्छ । तर, भारतीय मुद्रासँगको स्थिर विनिमय दरका कारण हाम्रो मुद्राको मूल्य बढ्न गाह्रो छ ।
अहिले बैंकमा पैसा थुप्रिएको छ । ब्याजदर घट्दो क्रममा छ । तर, कर्जा लिन कोही जाँदैनन् ।
अहिले हाम्रो सरकार पुँजीगत खर्च गर्न सक्दैन । सरकारसँग क्षमता नभएका कारण हाम्रोमा केही काम भएको छैन ।
लगानीका लागि समस्या भएका कानुनहरू पुरै परिवर्तन गर्नुपर्छ ।
नेपालको इतिहासमै अहिले जस्तो रिटेल लोन र एसएमई लोन यति धेरै डिफल्ट कहिले पनि भएको थिएन ।
सहकारीका नाममा ‘स्याडो बैंकिङ’ हामीहरूले यसरी विस्तार गर्यौँ कि त्यो डुबेपछि बैंकको लगानी गर्ने क्षमतामा एक किसिमको समस्या आयो ।
नेपालमा सापेक्षित लाभको क्षेत्र बुझिएको नै छैन । भारतको ठूला अस्पतालहरूमा जानु पर्छ त्यहाँको ‘मेडिकल टुरिजम’ देखेर छक्क परिन्छ । नेपालमा पनि मेडिकल टुरिजमको सापेक्षित लाभको भनेको आँखा अस्पताल हो ।

Пікірлер

    Келесі