रेशमा छेत्रीको उपचारको निम्ति पेडेन्ला हेल्प डेस्क सिलगडी सालबारी पुग्यो

रेशमा छेत्रीको उपचारको निम्ति पेडेन्ला हेल्प डेस्क सिलगडी सालबारी पुग्यो |
मानव सेवाकार्यमा लागिपरेका एउटा समूह हो पेडेनला हेल्प डेस्क।विगतमा धेरै सेवाकार्य गरेको यो समूहले बिरामीहरुको लागि धेरै परोपकारी कार्य गर्छन्।हजुरहरुलाई ज्ञात रहोस कि पेडेन्ला हेल्फ डेक्स समूहले मूल रुपमा बिरामीहरुको लागि अर्थ संग्रह गरिदिने गर्छ।कालेबुङ जिल्ला अधिनस्थ गोरूबथान खण्ड अन्तर्गत ४५ नम्बर समष्टि दलगाउँ अनि गैरीबासका थोरै कलाकारहरू मिलेर गठन भएको पेडेन्ला हेल्फ डेक्स समूहले खुल्ला रुपमा क्याम्प राखेर सांगीतिक कार्यक्रम गर्ने गर्छन्।यसरी कार्यक्रम गरेर उठेको रकम बिरामीको परिवारलाई बिरामीको लागि दिने गरेको छ।सबभन्दा पहिलो कार्यको रुपमा दलगाउँको सानी बालिका बिरामी भए पछि यो समूह श्रृजना भएको थियो।पछि गएर सोही बिरामी नानीकै नाममा यो समूहको नामकरण भयो पेडेनला हेल्प डेस्क। तर सानी नानीको उसबेला मृत्यु हुन्छ।पछि गएर यस समूहले अन्यान्य बिरामीले आर्थिक अभावको कारण प्राण नगुमाउनु परोस भन्दै यी हरेक बिरामीको निम्ति आफ्नो कलालाई दर्शक अघि प्रस्तुति दिँदै आर्थिक संग्रह गर्दै बिरामीहरूलाई सहयोग गर्दै आइरहेका छन् ।पेडेनला हेल्प डेस्क टोलीले आज १२ जुन २०२४को दिन सालबारीमा एउटा सांगीतिक कार्यक्रम गरेर उठेको रकम बिरामीको परिवारलाई दिइयो।सालबारीमा राखिएको डोनेसन क्याम्पमा धेरै मानिसहरुले आर्थिक सहयोग गर्यो।
सहयोगी मनहरुलाई धेरै सहयोग पुर्याएको हुनाले पेडेनटल हेल्प डेस्कको तर्फबाट धेरै धेरै धन्यवाद टक्र्याएका छन्।

Пікірлер: 2

  • @gmambprof.dr.kamalkujur3179
    @gmambprof.dr.kamalkujur317917 күн бұрын

    Subscribed 👍

  • @PriyasharmaPriyasharma-xy7jx
    @PriyasharmaPriyasharma-xy7jx17 күн бұрын

    Good 👍

Келесі