MANAB MARGA POEM BY PRABHAT SUBEDI।।मानव मार्ग कविता प्रभात सुवेदी।नेपाली कविता र काव्य।NEPALI POEM।

Музыка

मानव मार्ग
इसारा अरूको मिले नाच्छ मान्छे
सहारा अरूको लिई बाँच्छ मान्छे ।
सिधै खोज्न थाले विनाकाम प्राप्ति
कमाएर पैसा कहाँ साँच्छ मान्छे ?
।।१।।
सकेको कमाई गरी खान्छ मान्छे
बिताई जवानी मरी जान्छ मान्छे ।
तराना अनेकौँ सम्हालेर राखी
छ कर्तव्य खोला तरी जान्छ मान्छे ।।
।।२।।
नटेर्ने नहेर्ने सबै छन् नमान्ने
सधैँ ठान्छ मान्छे ममात्रै छु जान्ने ।
उडाई अनैकौँ रमाई धुँवामा
गफाडी छ मान्छे सबैथोक धान्ने ।
।।३।।
पराधीन बन्दा खुसी हुन्न मान्छे
विनाचोट धोका उसै रुन्न मान्छे ।
लिने ठाउँ खोजी सधैँ धाउने हो
दिने हो भने छुन्न धाउन्न मान्छे ।।
।।४।।
उधारो छ खाता अझै माग्छ मान्छे
नहेरी नटेरी अझै जाग्छ मान्छे ।
म खाऊँ अरू जे गरुन् सोच राखी
भए स्वार्थ पूरा सधैँ भाग्छ मान्छे ।
।।५।।
स्वयम् पूर्ण, सर्वज्ञ नै ठान्छ मान्छे
अरू कीट हात्ती हुँ झैँ मान्छ मान्छे।
नजाऔँ कुबाटो भलै बेर होओस्
भनी मार्ग सोही यहाँ छान्छ मान्छे ।।
================================================
रचना : प्रभात सुवेदी
ध्वनि रेकर्डिङ्/सम्पादन : प्रभात सुवेदी
दृश्य सम्पादन : अभिनन्दन सुवेदी
तस्बीर साभार : गुगल
===============================================
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©® With APS NEPAL KZread Channel
#nepalipoems #APSNepal #PrabhatSubedi
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम गरिनेछ ।
#Ujyalobihanee #Prabhat #Maya #Patrioticsong

Пікірлер: 2

  • @merrickchandramb2525
    @merrickchandramb25256 ай бұрын

    Badhai chha Guru

  • @GRPInformationEntertainment
    @GRPInformationEntertainment7 ай бұрын

    बधाई तथा असिमित शुभकामना !

Келесі