महिला अधिकार स्थापित हुन सोचाइसँगै नेतृत्वमा जवाफदेहिता चाहिन्छ : सरु जोशी श्रेष्ठ

The Headliners | Journalist Pawan | 26 November 2019 | 10 Mangsir 2076
महिला अधिकार स्थापित हुन र उनीहरुले अनुभूत गर्न उच्च राजनीतिक तहमा जवाफदेहिता आवश्यक पर्ने महिला अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशिल अभियन्ता सरु जोशी श्रेष्ठले बताउनु भएको छ । ऐन कानूनमा सबै अधिकार उल्लेख भएपनि कार्यान्वयन गर्ने पाटो फितलो भएसम्म महिला अधिकार स्थापित हुन गाह्रो हुने उहाँले उल्लेख गर्नुभयो ।
रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइर्समा कुरा गर्दै उहाँले संविधानले हरेक तह र तप्कामा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गरे पनि मन्त्रिमण्डलमा नै त्यो देख्न नसकिनु दुखद भएको टिप्पणी गर्नुभयो । महिला अधिकार माग्ने र पुरुषले दिने भन्ने बुझाइमा परिवर्तन नआएसम्म महिलाका मुद्दा सम्बोधन हुन नसक्ने श्रेष्ठले उल्लेख गर्नुभयो ।
राजनीतिमा महिला सहभागिता बढाउन सकिएमात्र नेतृत्व तहमा पनि उनीहरुको पहूँच पुग्ने उहाँको तर्क छ । तर, राजनीतिमा लाग्नका लागि महिलालाई पुरुषको तुलनामा सजिलो नरहेको श्रेष्ठले बताउनुभयो ।
महिला अधिकार र उनीहरुका सवाल पनि समय समयमा पर्ने विभिन्न दिवसहरुमा मात्रै सीमित भएकाले सचेत नागरिक वर्गको खबरदारीको आवश्यक्ता अझ टड्कारो भएको उहाँले बताउनुभयो ।
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :
kzread.info...
Each hour we uncover the most interesting and informative articles from around the world.
#RadioKantipur #RadioRastrako #TheHeadliners Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekantipur.com .
Like us at:
/ kantipurradio
Follow us at:
/ kantipurfm961

Пікірлер

    Келесі