माझीगाउँमा तीनजना युवाहरू रम्फू खोलामा माछा मार्न जाँदा फसेका थिए

माझीगाउँमा तीनजना युवाहरू रम्फू खोलामा माछा मार्न जाँदा फसेका थिए
प्राप्त जानकारीका अनुसार हिजो बंगाल माझीगाउँमा तीनजना युवाहरू रम्फू खोलामा माछा मार्न जाँदा फसेका थिए। सूत्रले दिएको जानकारीका अनुसार ती तीनजनामा बंगाल रम्फूस्थित नयाँ कमान बाराकका 22 वर्षीय गिदोन कार्कीढोली अनि ईरकोन रेल कम्पनीमा कार्यरत दुईजना 24 वर्षीय साहिल राई र अर्का 24 वर्षीय अभिनाष थापा रहेका थिए। दिनभरि खोलामा फसेका उनीहरूलाई राति 11:20 सकुशल उद्धार गरिएको जान्नमा आएको छ।

Пікірлер

    Келесі