No video

Dr Baburam Bhattarai about Foreign Investment 1

मुलुकको अवस्था बनाना रिपब्लिक जस्तो, हामीले पाखुरा सुर्क्यौं भने भारतले निमोठ्छ !
नेपालमा वैदेशिक लगानीबारे डा. बाबुराम भट्टराईका विचार
वर्षौंदेखि वैदेशिक लगानीको कुरा भए पनि खासै प्रगति भइरहेको छैन । नेपालमा वैदेशिक लगानी खासै आएकै छैन ।
-हामी कहाँ चुक्यौं ? नेपालमा वैदेशिक लगानी नआउनुको भित्री अन्तर्य के हो भनेर बहस छलफल गर्नु जरुरी छ ।
-हामीले चीजलाई सापेक्षतामा हेर्नुपर्छ । अरुको दाँजोमा नेपालले किन अर्थतन्त्र उकास्न सकेन ?
-अहिले भारत, अफ्रिका विशाल बजार बनेको छ । वैदेशिक लगानी परोपकारका लागि होइन, नाफाको लागि आउने हो । हाम्रो आवश्यकता र लगानीकर्ताको उद्देश्य मिलेपछि वैदेशिक लगानी आउने हो ।
-जसले जतिसुकै दावी गरे पनि मुलुकको कूल ग्राहस्थ उत्पादन औसतभन्दा तल छ र
-देश किन पछाडि पर्यो भन्नेबारे वैचारिक एकरुपता छैन ।
-शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म दक्ष जनशक्ति बन्दैन । त्यो नबनेसम्म हाम्रो देश आन्तरिक रुपमा पनि आकर्षक गन्तव्य बन्दैन ।
-हाम्रो जस्तो भरखर औद्योगिकीकरण हुन लागेको मुलुकमा पुँजी जरुरी छ । श्रमको आकर्षणले मात्रै वैदेशिक लगानी आउँदैन ।
-मस्क, अडानी जस्ता लगानीकर्ताका लागि नेपालको श्रमबजार हात्तीको मुखमा जीरा मात्रै हो ।
-सुगौली सन्धि, ५० को सन्धिका कारण नेपालको अर्थतन्त्र भारत निर्भर छ । हामीले पाखुरा सुर्क्यौं भने भारतले निमोठ्छ ।
-आन्तरिक बजार र जनसांख्यिकको हिसाबले नेपालको बजार सानो होइन । तर यो अड्किएको र आश्रित अर्थतन्त्र हो । बृद्धिविहीन अर्थतन्त्रलाई नभत्काएसम्म देशभित्र बजार बन्दैन ।
-भूराजनीतिक सन्तुलन नमिलाएरसम्म नेपालको अर्थतन्त्र अघि बढ्न सम्भव छैन ।
-अब के गर्ने? यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर बस्ने त ?
नेपाल प्रज्ञा प्रतिष्ठान र वैकल्पिक अध्ययन समाजले काठमाडौँमा आयोजना गरेको ‘नेपालको-आर्थिक सामाजिक क्षेत्रमा बैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. बाबुराम भट्टराईले व्यक्त गरेका विचार

Пікірлер

    Келесі