बौद्ध सञ्चार यात्रा : संसारको शान्ति स्थापनाको मुख्य स्रोत लुम्बिनी हाे -डा.लामा

लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्ति मार्गीलाई लुम्बिनी आउन तथा पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा गरिएको छ।
भैरहवा र आसपासमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो नवौं स्थापना दिवसको अवसरमा भैरहवा-लुम्बिनी मौन पदयात्रा गरेको हो ।
२२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताउनुभयो ।
पैदल यात्रीलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बौद्ध सञ्चार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "सञ्चार क्षेत्र यस्तो शक्ति हो, जसले छिनभरमै विश्वमाझ सन्देश दिनसक्छ, हो आज त्यही सन्देश संसारभर फैलिएको छ । शान्ति मार्गीलाई लुम्बिनी आउन, पदयात्रा गर्न प्रेरणा मिलेको छ ।" उहाँले पदयात्रा बुद्ध जीवनीसँग मेल खाने भएकाले लुम्बिनी आएर पदयात्रा गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो । उहाँले भगवान बुद्ध लुम्बिनीमा जन्मिनु नै नेपाली र विश्वभरका बौद्धमार्गी र शान्ति प्रेमीहरुलाई खुशीको कुरा भएको बताउनुभयो ।
#lumbini #khenpo #lumbininepal #travel #birthplaceofbuddha #yatra #sancharyatra

Пікірлер

    Келесі